Friday, January 15, 2010

प्यारि वहिनिलाई पत्र

बैनि
मलाई थाहा छ
आफ्नै छुट्टै संसार वसाएकि तिमी
आफ्नै दिन चर्यामा मस्त तिमी
कुनै क्षण कुनै पल
संझिदि हौ माइतिलाई
झार्दी हौ वहिनी
संझनाका केहि थोपा धर्तिमा
म लेख्छु वहिनी पत्रको सुरुवातमै
विन्ति हजार विन्ति छ मेरो
नझारे अर्थहिन आसुका थोपाहरु
लाग्दो हो तिमिलाई
ओठभरि मुस्कान लिएर
अपूर्व उपहार वोकेर वहिनीलाई
भाईटिकाको दिन निधार लिएर आएहुन्थ्यो ।
मेरो दाई - वैनि
मलाई पनि लाग्छ
तिम्रो पतिले दिएको
विदेशि पाउजुलाई राखेर खोपिमा
विवसता तिमी त
एउटा काहाली लाग्दो भुमरिमा फसिछौ ।
वैनि फसिछौ अत्यास लाग्दो गहिरो खाडलमा
मैले त सोचेको थिए
मेरि प्यारि वहिनी मेरि साहासि वहिनी
तर परिस्थिति संगै
मेरो झिनो आशा
मसिनो विश्वास
तिमी एकचिम्टि सिन्दुर संगै हारिछौ
वैनि आफै संग हारिछौ
लागेकेा थियो अव त झन्
कुसंस्कारको दैलो लिप्ने मेरी वैनिलाई
मालेमावादी र प्रचण्डपथीय गाथा सुनाउथे
मेरो अपुरो रहर
गएछ वैनि गएछ ।
तिम्रो डोलि संगै रुदै रुदै गएछ
गएछ वैनि रुदै रुदै गएछ