Sunday, January 3, 2010

म वुख्याचा कि जिउदो लाश

वसन्त ऋतुले भर्खर मात्र नया काचुली फेर्दै थियो नवीन पालुवाले आफ्नो नया जीवन्त शुरु गर्ने तरखरमा थिए । त्यती नै खेर तिम्रा यूवा सपनाहरु यथार्थ वन्दै गर्दा कल्पना भन्दा कति हो कति परको विवस्त परिवन्धनमा तिमी कसरी नयनवाट चुडिएर गयौं । तिमी चुडिदा लुछिएका मुटुहरुमा परेका ति घाउहरुमा खोट वस्न थाले । तर स्वर्गको वगैचामा एक्लो उदासी भई टोलाईरहेकी तिमीले जानी¬ जानी राखेकी तिम्रो प्रकृतिको विवेक यसअघि यस धर्तीमा कुनै मानव समुदायले वेहर्नु परेको थिएन जुन म आफु भोग्दै छु । तिमी यति राम्री कि देवताले वनाएको गुडिया जस्तै थियौं । तिमी मेरो हजारौं स्नेहमा सगैं हासी खेली वेसेकी थियौं तर
त्यति खेर तिमी विना बाच्नुको कुनै अर्थ थिएन । म सोच्न वाध्य थिए कतै मैले यो पवित्र मन्दिरलाई छोएर अशुद्ध त पारीन हुनत गुलाफको पनि नाम मात्रै त हो नी जती जतीले छोए पनि आखिरी त्यसको अस्तित्व नामेट त हुदैन नि । किन तिमी मेरा आखा अगाडी क्यामराको रिल जस्तै घुमिरहन्छौं । के तिमीलाई थाहा छैन कि अतित के हो भनेर । हुनत कुनै मान्छेलाई जुनसुकै परिवेशमा दुःख र व्याथा पर्छ त्यति वेला उसलाई शान्तव्ना दिनु भनेको केवल त्यो क्षणिक मात्र हुन्थ्यो । म पनि यस्तै क्षणिक परिवेशमा वाच्न थालेको छु । किनकी आज हामीहरु एउटा नदीले वनाएको दुई किनारा भएका छौं ताकि कहिल्यै पनि कुनै समयमा पनि एकै ठाउमा हुन सक्दैनौं ।
अन्जानका ति अतितलाई आफ्नो या विरानो संझि आज कतै विरानो पाइलाहरुको साथमा मुस्कुरादै फेरी पनि विहानीको लाल किरण छर्नै प्रयास गरिराखेको छु । तिमी यसलाई ताप्ने कोशिस कदापी नगर्नु ल किनकी त्यसमा मेरा आसुका विकिरणहरु पाइने छन् । फेरी त्यसवाट तिमीलाई केही पनि नहोस् भन्ने म चाहन्छु । मेरो आसु तिम्रो लागी हासोको एउटा यस्तो वस्तु वन्यो जुन मेरो जिन्दगीको जिउने भरोषा पो भएछ । सायद तिमी यसलाई वुझ्न सक्दिनौं होला यसको अर्थ हुन्छ तिमी एउटा ठूलो महलको रानी म वाटोमा पागल जस्तै हिड्ने एक भिखारी । के यही अन्तरको लागी मैले तिमीलाई आफ्नो हौं भनेको थिए के यस्तै हुन भनेर मैले तिमीसंग मुटु साटेको थिए सायद तिमी यसवाट नाजावफ हुन सक्छांैं होला तर किन पिरोलि रहन्छ मलाई यस्तै यस्तै प्रश्नहरुले । आज म यस्तै प्रश्नहरुको विचवाट जिउने प्रयास गर्दै छु । के तिमी चाहन्छौं भने यो प्रश्नको उत्तर दिन सक्छौं कदापी सक्दिनौं । किनकी तिमी त एक ताजको मलीक म एक गल्लीको भिखारी के आकाश र पातालको दुरि कहिल्यै मिल्न सक्छ र या म तिम्रो लागी तिम्रो पैतलाको मुनिको धुलो यसलाई जे सम्झे पनि हुन्छ । लाग्छ तिमी पनि यस्तै प्रश्नहरुमा जिउने प्रयास गरेकी छैनौं होला नि कृपया मेरो लागी भए पनि तिमी यस्तो प्रश्नमा वाच्ने प्रयास नगर्नु किनकी जति ठेस र चोट खानु पर्ने थियो मैले खाइसके । अव तिम्रो लागी मैले सवै थोग गुमाई सके कृपया तिमीले मेरो लागी केही पनि नगुमाउन ल । लाग्छ यस्तै विवशता र परिवन्धनमा अल्झिएका ति असह्य चोटहरुलाई शुन्यता भित्रको सपनामा परिणत गर्दै आज फेरी सिर्जनाका फुलहरु फुलाउन म त्यही वेदनाका आसुहरुवाट तिमी संग सजाएका तिनै वगैचाहरुमा एक्लो माली जस्तै हुरीले निभाउन खोजेको दिप जस्तै धिपधिप भै तिम्रै प्रतिक्षामा आखाहरु डुलाइरहेको हुनेछु । हुन पनि यो पागललाई के थाहा कि प्रतिक्षाको घडि कति लोमो हुन्छ भनेर केवल उसलाई समयको परवाना छैन कि आफ्नो जिन्दगी कसरि वितिरहेछ भन्ने चिन्ता छ किन नहोस् त एक पशुलाई त आफ्नो जिन्दगीकेा वारेमा चिन्ता छ भने उ त झन् एउटा व्यक्तिले वनाएको जिउदो लास जस्तै न हो या वुख्याचा । केही वर्ष यता देखी म त्यही वुख्याचालाई निहाली रहेको छु । हरेक पल हरेक दिन उसैको साथमा जान्छु सोध्छु किन तिमी यसरि वाचिरहेका छौं उ विना उत्तर हासिरहन्छ ………… । म पनि हास्न थालेछु । भन्ने गर्दछन् मान्छे तिन पटक हास्छ एक पटक नवुझेर एक पटक हासेको देखेर र अर्काे पटक वुझेर म पनि यस्तै भएछु । उसले मलाई प्रतिप्रश्न गर्दै भन्छ तपाई किन हास्नु भएको म नाजवाफ रातो अनुहार लिएर आफ्नै गन्तव्य तिर लाग्छु । म संझिरहन्छु त्यो वुख्याचालाई । किन आज मेरो आखामा साउने भेल वग्छ त्यो वुख्याचालाई संझेर तर अरु मन्द मुस्कान छाउने गर्छन् उसलाई संझेर लाग्छ यति नै फरक छ है यस धर्तीमा जिउने हरेक मानिसको जिवनशैलीमा । म पनि यस्तै परिघटनावाट त्यही वुख्याचा जस्तै वन्न पुगेछु लाग्छ उनी पनि यसरी नै हास्ने गर्छिन् होला मलाई देखेर । आखिरी कसको मन भित्र को नै पस्न सक्दो रहेछ र । तर मेरो मन भित्र खुशी पसेको छ । यति खुल्ला र निर्वाध रुपमा पसेको छ कि खुशी व्यक्त गर्ने शव्दहरुको अभाव मसंग पैदा भएको छ किनकी मैले उनलाई मेरा यिनै गनाउने अंगवस्त्रवाट स-धन्यवादको शब्दहरु पस्कने मौका पाए । भनिन्छ नि कुनै पुरुषको सफलता र असफलताको लागी कुनै नारीको पनि त्यतिनै महत्वपूर्ण हात हुन्छ । लाग्छ म त्यस्तै असफलताको भुमरिमा फसिसकेछु । अव त लाग्न थाल्यो कि जिन्दगीमा धेरै कुरा गरियो तर सवैभन्दा ठूलो कुरा गर्न वाकी छ त्यो भनेको मर्नु हो । मेरो विकल्प भनेको मर्नु हो भन्दा भन्दै पनि किन आज म मेरो जिन्दगीकेा अर्थ खोज्दै छु उनी त आफ्नो जिन्दगीको अर्थ दिएर गै सकिन् तैपनि आज मेरा मनमा किन समुन्द्रको छाल जस्तै ज्वारभाटाहरु उठिरहेका छन् किन वाधिएका छन् ति समयको नेलहरुले तर पनि स्वतन्त्र रुपमा चल भन्छ । के यही कुरा साचो हो कोही कसैको जिन्दगीमा अमिर वनेर आउनु र उसको सारा सपना चक्नाचुर पारेर जानु । उनको लागी मैले के सम्म गरिन र सवैको माझमा आफुलाई अतिदुखित पारेर जादैछु । त्यसैले उनीहरु त अतिनै भाग्यमानी हुदा रहेछन् जसले माया त गर्छन् तर त्यसको अर्थ र मायाको कदर गर्न जान्दैनन् र उसलाई हराउन वा मेटाउन चाहन्छन् । उनी विनाको जिवन कति उजाड हुन्छ अनि हात हल्लाएर जानेहरुको सम्वोधन स्विकार गर्नु पर्दा अग्नीमा जलेर खारानि भए सरह हुन्छ । आज म एक्लो उदास छु जताततै आशु नै आशुको तालमा पौडि खेल्दै छु । म निराश भएतापनि वास्तविक जिवनको अनुभवलाई र वेदनालाई समेटेदै त्यही भावुकताको रोदनसंग अकाल्पनिक नाता गास्दै जीवनको मिठो सपनालाई जीवन र मृत्यूको दोसाधका साथ आत्मीयताको वियोगमा जलिरहेको छु । त्यसैले लाग्छ म अव कसको लागी वाचु उही उसको लागी जसले मेरो जिन्दगीको यात्रा समाप्त पारिदियो त्यसैले म आफ्नो शुन्यता भित्रको जिवनलाई समाप्त पारेर सदा सदाको लागी चिर निन्द्रामा निदाउन खोजिरहेको छु ।नोटः यि शब्दहरु सवै काल्पनिक हुन् । यदि कसैसंग मेल खाएका त्यो संयोग मात्र हुनेछ । ०६६।०८।२७काठमाण्डौं ।