Sunday, January 3, 2010

किन तिमी विचलित

नेपाली क्रन्तिमा उदएका राता मान्छे तिमी
पुरानो भत्काई नया फुल साजाउने मान्छे तिमी
आज कुन सडकका भौतारिदै छौं होला ।
अनि सम्झदा हौं तिनै गाउवेशीका आमाहरुलाई
जसले एक छाक आटो पनि तिम्रै लागी साचेकी हुन्थीन् ।
किन विसर्ीयौं तिमीले तिनै लाल भुपडीहरुलाई
जसले तिमीलाई आफ्नो काखमा सुताएको हुन्थ्यो ।
इतिहासलाई सम्झदै आखाभरि आसु वोकेर हिड्ने तिमी
विजयोल्लासमा हर्षका तोपहरु पड्काउने तिमी
आज कुन डान्सवारमा रोमलिदै छौं होला ।
किन विसर्ीयौं ति दुश्मनका वंकर हरुलाई
जसमा तिमीले आफ्नो साहश देखाएका थियौं ।
किन विसर्ीयौं तिमीले ति रगतका तालहरुलाई
जसमा तिम्रो पनि हिस्सा मिसिएको हुन्थ्यो ।
छातिभित्र स्वभिमानका घाउहरु निचोर्दा तिमी
चेलिवेटिका अस्तित्वमा दागहरु लगाउदा तिमी
आज तिमी किन तिनै नरसंहारमा खुसि हुदै छौं ।
किन विसर्ीयौं तिमीले तिम्रो अगाडी इज्यत लुटिएका चेलीहरुलाई ।
जसले तिमीलाई आसुझार्दै विरता र विलिदानको पाठ सिकाउथे ।
किन विसर्ीयौ तिमीले कर्तव्य र मर्यादाहरुलाई
जसले तिमीलाई स्वभिमनका लागी लड्न सिकाएका हुन्थ्थे ।
किन तिमी विचलीत हुदै छौं आज
फेरी पनि पुकार्दैछन् तिनै आमाहरुले ।
तिनै झुपडिहरुले ।
तिनै चेलीहरुले ।
निरन्तरतको लागी अघि वढ भन्दै छन् ।
आफ्नो र देशको स्वतन्त्रताको निम्ती ।
०६६।०७।१९ काठमाण्डौं